धनकुटाको नाम्जेमा तिन दिने खोज मुलक तथा जवाफदेहीता पत्रकारीता तालिम सुरु 

धनकुटा,असार २ । पत्रकार महासंघ सुनसरीको आयोजना तथा धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा धनकुटाको नाम्जेमा तिन दिने खोजमुलक तथा जवाफदेहीता पत्रकारीता तालिमको शनिबार उद्धघाटन गरीएको छ ।

अबको पत्रकारीताको धार परिबर्तनसंगै समाज परिवर्तनका निम्ती पत्रकारहरुले कलम चालोस भन्ने उदेश्यले सो तालिमको आयोजना गरीएको उद्धघाटन सत्रमा पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडकाले बताए ।

त्यस्तै तालिमको उद्घाटन गर्दैै प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले आर्थिक समृद्धि गर्ने बेलामा लुकेर रहेको कुराहरुलाई उजागर गर्न पत्रकारहरुको धारिलो कलम चल्नुपर्ने बताए ।

संचार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले गरिएको तालिममा सभामुख भण्डारीले प्रदेश नम्बर १ हरेक तबरले सक्षम प्रदेश भएकाले सकारात्मक रुपमा श्रोत साधनलाई प्रयोग गर्न अनुरोध गरे ।

भण्डारीले पत्रकारीतालाई परिणाममुखी बनाउन अनुरोध गर्दै पत्रकारहरुमा उर्जा थपेर मर्यादित बनाउन आग्रह समेत गरे ।

एक अर्को प्रसंगमा भण्डारीले पत्रकारीतामा रेडियो,टेलिभिजनसंग सम्बन्धीत बिधेयक संशोधन गर्नु पर्नेमा आफनो ध्यानाकर्षण भएको र त्यसका लागी आफुले खेल्नुपर्ने भुमिका खेल्ने बताए ।

सोही तालिमको उद्धघाटनकै क्रममा धरान उपमहानगरपािलकाकी उपमेयर मन्जु भण्डारी,तालिमका प्रशिक्षक तथा पत्रकार महासंघका पुर्व अध्यक्ष शिब गाउले,पत्रकार महासंघ सुनसरीका पुर्ब अध्यक्ष केशब घिमिरे,बर्तमान उपाध्यक्ष सन्तोष काफले,प्रेश सेन्टर नेपालका १ नं प्रदेश सम्योजक राजन केडी, लगायले शुभकामना मन्तव्य राखेका थिए ।

सो तालिममा सुनसरी जिल्लाका ईटहरी,दुहवी,ईनरुवा,धरान लगायतका करिब ४० जना पत्रकारहरुको सहभागीता रहेको छ ।

तालिममा कान्तीपुर दैनिकका सम्पादक हरी बहादुर थापा र पत्रकार महासंघका केन्द्रीय पुर्व अध्यक्ष तथा खोज पत्रकारीता केन्द्रका सम्पादक शिब गाउलेले शहजीकरण गरिरहेका छन् भने तालिम सोमबार सम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fourteen =