फ्रान्सले गर्यो २ गोल, अस्ट्रेलिया पराजित

मस्को । रसिया विश्वकप फुटबल २०१८ अन्तर्गत उपाधिको दाबेदार मानिएको फ्रान्सले अस्ट्रेलियालाई २-१ ले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको फ्रान्स र अस्ट्रेलियाको खेल दोस्रो हाफमा रोचक बनेको थियो ।

फ्रान्सको जितका लागि ग्रिजम्यानले पेनाल्टी गोल गरे भने पोग्बाले दोस्रो गोल गरे। पेनाल्टीबाट पहिलो गोल गरेको फ्रान्सले ८१ औँं मिनेटमा दोस्रो गोल गरेको हो।

दोस्रो गोल फ्रान्सका लागि पल पोग्बाले गरे। त्यसअघि खेलको ५८ मिनेटमा भिडियो असिस्टेन रेफ्रीले पेनाल्टी दिएपछि फ्रान्सले १-० ले अग्रता लिएको थियो।

बलियो फ्रान्सविरुद्धको यो खेल अस्ट्रेलियाका लागि परीक्षा मानिएको थियो। फ्रान्सले पेनाल्टी पाएको दुई मिनेटपछि खेलको ६१ मिनेटमा अस्ट्रेलियाले पाएको पेनाल्टीलाई कप्तान जेडिनाकले जाली चुमाएका थिए। यद्यपी पोग्बाको गोलसँगै फ्रान्स २-१ ले विजयी भएको हो।

यसअघि सबै खाले प्रतियोगितामा गरी हालसम्म चारपटक प्रतिस्पर्धा गर्दा फ्रान्सले दुई तथा अस्ट्रेलियाले एकपटक जित हात पारेका थिए। एक खेल बराबरीमा रोकिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *