आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच नगदरहित सेवा सम्झौता

“
काठमाडौँ, असार १ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रा.लि. बीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच बिमा सेवा खरिद गर्ने ग्राहकहरुलाई नगदरहित औषधोपचार तथा हस्पिटलाईजेसन सेवा प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरे । सो सम्झौता पश्चात् आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म बयोधा हस्पिटलबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापाले बयोधा हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म Cash Less Hospitalization सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी सम्झौता गरेकोमा अस्पतालका सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद व्यक्त गरे ।
त्यस्तै सोही अवसरमा बयोधा हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग IGI औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।
“








