आयल निगमको ट्याङकरको ठक्करबाट एक जनाको ज्यान गयो

काठमाडौँ, जेठ ३० । काठमाडौँको बल्खुमा नेपाल आयल निगमको ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिँदा चोभार बस्ने २१ वर्षीय सुमन कटुवालको ज्यान गएको छ ।

नेपाल आयल निगमको बा १ घ ६०९ नम्बरको ट्याङकरले उही दिशातिर गईरहेको बा ३ प ९४९७ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको हो । मोटरसाईकल चालक कटवालको घटनास्थलमै ज्यान गएको छ ।

ट्यांकर चालक सिन्धुली कमलामाई वडा नम्बर ४ का नर बहादुर मगरलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 13 =