एन आई सी एशिया बैंकको दुई नयाँ शाखा बेदकोट र सम्सीमा

काठमाडौँ, जेठ, ३० । एन आई सी एशिया बैंकले  बेदकोट नगरपालिका, वडा नं ५, दैजि, कञ्चनपुरमा र सम्सी गाँउपालिका, वडा नं ६, महोत्तरीमा गरी  आफ्ना दुई नयाँ शाखा स्थापना गरेको छ ।

बुधबार एक समारोहका बिच बेदकोट नगरपालिकाका नगर प्रमुख श्री अशोक कुमार चन्दले बेदकोट शाखाको र सम्सी गाँउपालिकाका अध्यक्ष श्री मो. शेख फारुकले सम्सी शाखाको विधिवत् उदघाटन गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११८ अर्ब र कुल निक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *