अत्यधिक गर्मीका कारण तराईको जनजीवन प्रभावित

रौतहट, जेठ ३० । अत्याधिक गर्मीका कारण रौतहट, बारा, पर्सा लगायत तराईको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि चर्को घाम लाग्ने तथा दिउँसो बाहीर निस्कनै नसक्ने भएपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको हो ।

अत्यधिक गर्मी बढेपछि रमजान व्रत बस्ने इस्लाम समुदाय तथा बालबालिका र वृद्घवृद्घा बढी प्रभावित बनेका छन् । मुस्लीम समुदाय रमजानमा ब्रत बस्दा दिनभर पानी समेत नखाई साँझ मात्र व्रत खोल्ने चलन छ । यसरी दिनमा पानी समेत नखाँदा गर्मीले शरिर नै कमजोर बनाउने गरेको छ ।

गर्मीले वृद्घवृद्घामा झाडापखाला, रिङ्गटा लाग्ने लगायतको समस्या देखा पर्न थालेको छ भने बालबालिका विद्यालयबाट फर्केसंगै टाउको दुख्ने, भाइरल फिभर, झडापखाला, टाइफाइड तथा आउँ लगायतको लक्षण देखा पर्न थालेको डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =