आजका विभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, जेठ ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एसियाली समुन्द्रिक टापु मुलुक सिंगाुपुरमा सम्पन्न पहिलो वार्ताले कोरियाली प्रायद्धीपमा आणविक निःशस्त्रीकरणको दिशामा मार्गदर्शक गर्ने अपेक्षा गरिएको छ ।, आजको नागरिक दैनिकले ‘ट्रम्प—कम वार्ताको सन्देश’ शिर्षकमा सम्पादकीय छापेको छ ।

त्यस्तै, क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणका कारण तहमै ओर्लेर केही महिनाअघिसम्म एकअर्काको टिप्पणी गर्दै आएका अमेरिकी राष्ट्रपति र उत्तरकोरियाली नेताबीच मंगलबार भएको शिखर वार्ताले विश्व शान्तिका लागि नयाँ आशा जगाएको छ ।, आजको कान्तिपुर दैनिकमा ‘ट्रम्प—कम वार्ताको सार्थकता’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

चाहे जसरी भनिए पनि नेपालमा एनजीओ÷आईएनओहरु पर्याप्त अुनगमन र नियमन नहुँदा लगामबिनाको घोझै भएकै हुन् । नेपालले औपचारिक रुपमा वैदेशिक सहयोग ग्रहण गर्न थालेको ५० को दशकदेखि नै यहाँ विदेशी गैरसरकारी संस्थाहरुको प्रवेश हुन थालेको मानिन्छ ।

अहिले देशभरि लगभग ४० हजारको संख्यामा एनजीओ र करिव ३ सय आईएनजीओ क्रियाशील छन् ।, आजको कारोवारदैनिकले ‘आईएनजीओहरुमाथि निगारनी’ शिर्षकमा सम्पादकीय छापेको छ ।

र, देशमा राजनीति परिवर्तन आए पनि सामाजिकरुपमा रहेको कुप्रथा, विकृति र विसंगतिको अन्त्य हुन सकेको छैन ।
राजनीतिकरुपमा मुलुकले जसरी फड्को मारेको छ, सामाजिकरुपमा अपेक्षा गरेअनुसारको परिवर्तन हुन सकेको छैन ।, आजको नेपाल समाचारपत्रले ‘अपराधीलाई कडा कारबाही गर’ शिर्षकमा सम्पादकी छापेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *