रोनाल्डोले २ कराेड २० लाखर डलर तिरे सफाया पाउने

म्याड्रिड । स्पेनकाे अदालतमा करछलिकाे मुद्दा खेपिरहेका रियल मड्रिडका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोले २ कराेड २० लाखर डलर तिरे मुद्दाबाट सफाया पाउने छन् ।

अहिले फिफा विश्व कप २०१८ मा जितको बलियो दावेदार मानिदै आएको पोर्चुगल टिमको कप्तान समेत रहेका क्रिश्चियानो रोनाल्डोले रियलमा सम्झाैता गर्दा कर छलेकाे अाराेप छ । रियल म्याड्रिडका सुपरस्टार खेलाडीमाथि चलिरहेको कर सम्बन्धि मामिलालाई लिएर स्पेनिस कर एजेन्सी उनीसँग सम्झौता गर्नका लागि तयार देखिएको छ ।

स्पेनिस कर एजेन्सीका अनुसार रोनाल्डोमाथि कर छलीको चार मुद्धा दर्ता भएका छन् । यदी रोनाल्डोले कर एजेन्सीले लगाएको जरिवाना तिरेमा उनलाई अन्य सबै मामिलामा छुट दिइने बताइएको छ ।

उनलाई कर सम्बन्धि सबै मामिलाबाट छुटकारा पाउनका लागि २ करोड २० लाख डलर अर्थात १ करोड ९० लाख युरोको भर्पाई गर्नुपर्नेछ । यो जरिवाना तिरेपछि रोनाल्डोलाई पछिल्ला सबै मामिलाबाट छुट दिइने एजेन्सीले जनाएको छ ।

हालैमात्र फोब्र्सले विश्वका सबैभन्दा धनी खेलाडीको सूची जारी गरेको थियो । उक्त सूचीमा उनी विश्वकै तेस्रो धनीको रुपमा दरिएका थिए । यस आधारमा पनि उनलाई २ करोड २० लाख डलर चुक्ता गर्नका लागि कुनै ठूलो समस्या देखिदैन । यस अघि स्पेनकाे एक अदालतले बार्सिलाेनाका स्टार लियाेनल मेस्सीलार्इ समेत कर छलिकाे अाराेपमा ठूलाे रकम जरिवाना गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *