यसरी गरे कृषि मन्त्रीले गुणस्तरहिन दुग्ध उद्योगको निरिक्षण (फाेटाे फिचर)
२०७४ जेठ १५ गते

“
काठमाडौँ, जेठ २८ । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै गुणस्तरहिन दुग्धजन्य पदार्थ बेच्ने डेरीको अनुगमन गरिएको छ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोलीले उक्त अनुगमन गरेको हो ।
अनुगमनपछि काठमाडौंँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेका २ वटा डेरीका ४ वटा गोदाममा कृषि मन्त्रालयले शिलबन्दी गरेको छ । आधुनिक डेरी पोड्क्ट प्रालिका तीन वटा गोदाम र पुष्प डेरीमा शिलबन्दी गरिएको हो ।
भारतबाट आयात गरिएका मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको पाइए पछि शिलबन्दी गरिएको हो । उद्योगको गोदाममा मिति गुज्रिएको पाउडरका बोरा भेटिएका थिए ।
भारतबाट एक बोरा किन्दा अर्को एक बोरा सित्तैमा पाइने पाउडर मिसाउँदै दुधका प्याकेट बनाएर गुणस्तरहिन दुध बेच्ने गरेको पाइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








