विशेष कारणबस स्थगित गरियो संघीय संसदको बैठक

काठमाडौँ, जेठ २८ । आज दिउँसो १ बजे बस्ने भनिएको संघीय संसदको संयुक्त बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन सम्बन्धी नियमावली पेस हुने भनिएको उक्त बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधि समेटिएको बैठकमा संयुक्त नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले मस्यौदा पेस गर्ने कार्यक्रम थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *