७४ हजार ८ सय ६६ जनाले दिए कोरियन भाषा परीक्षा

काठमाडौँ, जेठ २७ । नवौंँ कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका छन् । शनिबार र आइतबार सञ्चालन भएको परीक्षामा ७ हजार ३ सय ९८ जना सहभागी भएनन् ।

यस्तै काठमाडौं र ललितपुरका विभिन्न परीक्षा केन्द्रबाट २ सय ७० जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार ५८ जना र बाँकी आइतबार पक्राउ परेको इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

परीक्षा दिएका मध्ये ७ हजार १ सय जना उतिर्ण हुनेछन् । मेनुमा ४ हजार ७ सय र कृषिमा २ हजार ३ सय उतिर्ण हुने शाखाले जनाएको छ ।

भाषा परीक्षाको नतिजा आगामी असार १६ गते आउने छ । गत वर्ष भन्दा यस वर्ष कम परीक्षार्थी उतिर्ण हुने छन् । गत वर्ष १० हजार २ सय को कोटा आएकोमा १२ हजार १ सय ८ जना उतिर्ण भएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *