ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन सिंगापुरमा

काठमाडौँ, जेठ २७ । उत्तर कोरियाली नेता किम जोङ्ग उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि सिंगापुर पुगेका छन् । दुई नेताबीच आगामी मंगलबार सेन्टोसाको एक रिसोर्टमा ऐतिहासिक भेटवार्ता हुने तय भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प पनि आजै सिंगापुर जाँदैछन् । ट्रम्पले यो भेटवार्ता शान्ति र स्थायीत्वका लागि हुन लागेको बताएको बीबीसीले जनाएको छ ।

शिखर सम्मेलनपछि उत्तर कोरियाली नेता उनले परमाणु हतियार बनाउन छोड्न प्रेरित हुनसक्ने वासिङटनको अपेक्षा छ । पछिल्लो १८ महिनामा यी दुई नेताबीचको सम्बन्धमा निकै उतारचढाव आएको छ ।

उत्तर कोरियाली नेताले वहालवाला अमेरिकी राष्ट्रपतिसँग भेट गर्न लागेको यो पहिलो पटक हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *