जिल्ला हुलाक कार्यालय सुनसरीद्धारा अवकास प्राप्त कर्मचारीलाई बिदाइ

धरान, जेठ २७ । जिल्ला हुलाक कार्यालय सुनसरीले अवकास प्राप्त कर्मचारीलाई बिदाइ गरेको छ । करिब २ महिना अघि मात्रै जिल्ला हुलाक कार्यालय सुनसरीले आफना दुई कर्मचारीमध्ये एकलाई सेवा निवृत्तिभरण तथा एक जनालाई पर्वत जिल्लाको जिल्ला हुलाक कार्यालय कुस्माका लागि बिदाई गरेको थियो भने आईतबार पुनः एक जना नायब सुब्बा लता प्रधानलाई निवृत्तिभरण सँगै बिदाई गरेको हो ।

३७ बर्ष अघि २०३८ सालमा सहकारी कार्यालय ईलाममा जागीरमा नियुक्त भई विभिन्न जिल्लाका विभिन्न कार्यालयहरुमा समेत कार्यरत रहिसकेकी प्रधानलाई बिदाइ गरिएको हो ।

नेपाल सरकारका विभिन्न कार्यालयमा कर्मचारी सरुवा, बढुवा तथा अवकास भइरहने प्रक्रिया अन्तर्गत अवकास प्राप्त गरेकी ५८ वर्षीया प्रधानलाई बिदाई गरिएको जिल्ला हुलाक कार्यालय धरानका प्रमुख रमेश घिमिरेले जानकारी दिए ।

बिदाई कार्यक्रममा भाबुक बनेकी प्रधानले सबै कर्मचारीसँग आफूले माया ममता पाएको र छोडेर जाँदा नरमाइलो महशुस भएको बताएकी थिइन् ।

उनले जिल्ला हुलाक कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सरकारको कार्यालयमा आफ्नो हैसियतमा रहि कर्तव्य पुरा गर्न समेत आग्रह गरेकी थिइन् ।

सोही बिदाई कार्यक्रममा जिल्ला हु्लाक कार्यालय सुनसरी धरानका कार्यकारी प्रमुख रमेश घिमिरे, नायब सुब्बा मनका श्रेष्ठ लगायतले सबैमा कार्य सफलताको शुभकामना दिनुका साथै सेवा निवृत्तिभरण जिवन राम्रो बितोस् भनेर कामना समेत गरेका थिए ।

त्यस्तै जिल्ला हुलाक कार्यालय सुनसरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले कर्मचारीको तर्फबाट मायाको चिनो स्वरुप करुवा तथा फुलको गुच्छा प्रदान गरेका थिए ।

कार्यक्रममा जिल्ला हुलाक कार्यालय धरानका नायब सुब्बा मनका श्रेष्ठ, खरिदार रुपा तिवारी, केशर लक्ष्मी रायमाझी, रजनी तुम्वहाम्फे, खरिदार संजय रेग्मी तथा कार्यालयका सम्पूर्ण कर्मचारीहरुले भावना साटासाट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =