पर्यटन मन्त्रालयले विकास विरोधी किरालाई थुतेर कारबाही गर्ने आँट राख्छ कि राख्दैन ?– सांसद
२०७४ जेठ १५ गते

“
काठमाडौँ, जेठ २७ । संसदको आइतबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले विमानस्थल निर्माणमा १५ प्रतिशत काम भइसकेको अवस्था षणयन्त्रपूर्वक रिपोर्ट आएको दावी गरेका छन् ।
संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले पर्यटन मन्त्रालयमा विकास विरोधी एजेन्ट घुसेको दाबी गरेका हुन् ।
पोखरामा अन्तर्राष्ट्रिय उडान हुन सक्दैन’ भनेर विज्ञ समूहको रिपोर्ट आएको भन्दै उनले भने, ‘कुन विशेषज्ञको नाममा नक्कली ढंगले पोखरामा अन्तर्राष्ट्रिय उडान हुन सक्दैन भन्ने अधिकार कसले दियो ? उनीहरुमाथि छानविन भएर काबारही हुन्छ कि हुँदैन ।’
कास्कीका सांसद समेत रहेका अधिकारीले पोखरा विमानस्थल निर्माणलाई कुनै ताकतले रोक्न नसक्ने दाबी गरे । उनले भने, ‘त्यस्ता विकास विरोधी किरालाई थुतेर कारबाही गर्ने आँट पर्यटन मन्त्रालयले राख्छ कि राख्दैन ?’
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








