प्रधान सेनापति राजेन्द्र क्षत्री ६ दिनका लागि भारत जाँदै

काठमाडाैं, जेठ २३ । प्रधानसेनापति राजेन्द्र क्षत्री ६ दिने भारत भ्रमणका लागि आज त्यस तर्फ प्रस्थान गर्नुहुने भएको छ ।
भारतीय सेनाका सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणामा उहाँ भारत जान लाग्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

भ्रमणको क्रममा उहाँले जेठ २६ गते देहरादुनस्थित भारतीय सेनाको इन्डियन मिटिरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिममा आयुक्त पद प्रदान कवाजको आतिथ्यता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा उनको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाइ दिइएको छ । प्रधानसेनापति क्षत्री जेठ २८ गते स्वदेश फर्किनुहुने भएको छ ।

उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र भारतीय सेनाबीच आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुने, द्विपक्षीय हित र पारस्परिक सम्बन्ध सुमधुर हुने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *