क्यानडामा फेशन शो सम्पन्न, संकलित रकम बालबालिकालाई सहयोग गरिने

काठमाडौँ, जेठ २२ । क्यान एजुकेशन फाउण्डेसनले क्यानडामा पहिलो पटक आयोजना गरेको फेशन शो भब्य रुपमा सम्पन्न  भएको छ । कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । पहिलो पटक भएकाले पनि कार्यक्रम सोचेको भन्दा उत्कृष्ट भएको आयोजकले जनाएको छ ।

रशलाईट मिडियाकी अध्यक्ष तथा अभिनय, गायन र इभेन्ट आयोजनामा स्वदेश तथा विदेशमा सक्रिय रहेकी गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा उक्त शो सम्पन्न भएको हो ।

उक्त फेशन शोबाट उठेको रकम नेपालमा स्कुल जानबाट बञ्चित भएका बालबालिकाहरुलाई खर्च गरिने आयोजक संस्थाका अध्यक्ष रत्न राईले बताए ।

क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन समेत गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए ।

उक्त संस्थाले नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको आयोजक सम्झना लामाले जानकारी दिइन । अर्थ नेपाल डट कमको कार्यक्रममा अफिसियल मिडिया पार्टनर रहेको थियो ।

जुन एकमा क्यानडामा भएको उक्त शोमा प्रतिमा मर्हजनको डिजाइनमा जोजोलोप्पा कलेक्सनले तयार पारेको ड्रेसमा मोडलहरु प्रस्तुत भएको कोरियाग्राफर भण्डारीले बताइन ।

फेशन शोमा कल्चरल ड्रेसको डिजाइन भने शुभमंगलम ट्रेडसले तयार पारेको थियो । क्यान एजुकेशन फाउण्डेशनले यस अघि पनि रशलाईट मिडियासँगको सहकार्यमा फेशन शो सफलतापूर्वक सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 1 =