मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

संसदमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध, तत्काल फिर्ता लिन आग्रह

काठमाडौँ, जेठ २० । आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलसहित आजको प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।

बैठकमा समय माग गर्दै सांसद अतहर कमाल मुसलमानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरे । उनले मूल्य वृद्धि फिर्ता लिन आग्रह गरे ।

त्यसैगरी सांसद प्रेम सुवालले सुन तस्करीका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

संघीय संसद्को दुवै सदनमा जेठ १५ गते प्रस्तुत आगामी आव २०७५/७६ को बजेटका विषयमा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ ।

प्रतिकृयाहरु
Loading...