शान्तिप्रियको ‘उनको मेरो दुरी चल्यो’ बजारमा (भिडियोसहित)

“
काठमाडौं, जेठ २० । चलचित्र पत्रकार तथा वरिष्ठ गीतकार शान्तिप्रियको ‘उनको मेरो दुरी चल्यो’ बजारमा आएको छ ।
आफ्नो जन्मदिनको अवसर पारेर गत वर्ष बजारमा ल्याएको ‘अधर’ मा समाबेश अर्को गीत ‘उनको मेरो दुरी चल्यो’को भिडियो पनि यो बर्ष आफ्नो जन्मदिनकै अबसर पारेर १८ गते शुक्रबार बजारमा ल्याएका हुन् ।
चर्चित संगीतकार दिपक शर्माको संगीत रहेको उक्त गीतमा राज सिग्देलको आवाज रहेको छ । भिडियोमा शुशान्त कार्की, अनामिका चौलागाई र रश्मी रोदनको अभिनय छ भने भिडियोलाई गीतकार स्वयं शान्तिप्रियलेने निर्देशन गरेका हुन् ।
एकदर्जन बढि गीतमा निर्देशन गरिसकेका उनको यो गीतमा बैबाहिक जिवनमा बाधिएर पनि बाहिर अर्की महिलासंगको प्रेम सम्बन्ध रहेको र अन्त्यमा गएर प्रेमसम्बन्धमा रहेकी महिलाले थाहा पाएर बिछोड भएको भावलाई समेटिएको छ ।
भिडियोलाई छायाँछवि क्रियशनले निर्माण गरेको हो । सुदिप सागरले यस गीतलाई एरेञ्ज गरेका छन् । भिडियोलाई गीतको छायांकार एवं सम्पादक माधवराज खरेल हुन् ।
https://www.youtube.com/watch?v=k9f95PSAGLA&feature=share&app=desktop”








