इन्धनमा मूल्यवृद्धि भयो, पेट्रोल अब प्रतिलिटर ११३ रुपैयाँ

काठमाडौं, जेठ १९। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको  छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो ।

अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले जानकारी दिए ।

भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १।५९ रूपैया र डिजेलमा ३।४९ रूपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।

यो घाटा मूल्य स्थिरीकरण कोषबाट ब्यहोर्ने योजना निगमको छ । करिब साढे ४ अर्ब जम्मा भएको यो कोषबाटघाटा ब्यहोर्न निगमले सरकारसँग प्रस्ताव गरेको निगमका कार्यकारी निर्देशक सुशिल भट्टरार्इले जानकारी दिए ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५/१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो ।

नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेल २४ रूपैयाँ सस्तो छ । त्यसैकारण भारततर्फ हुने तेल तस्करी मौलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =