पक्कि सडक र जिर्ण पुलको उद्घाटन

धरान, जेठ १९ । एकिकृत शहरी विकाश खानेपानी आयोजना धरानले खानेपानीको पाइपलाई विस्तार गर्ने क्रममा निर्माण गरेको धरान १३ स्थित फुश्रे चोक देखि ओशो आश्रम सम्मको पक्कि सडक र पुलको एक समारोह वीच शनिवार उद्घाटन भएको छ ।
झण्डै सात सय मिटर लामो फलामे रड हालेर सिमेन्टको पक्की सडक निर्माण गरीएको छ भने ओशो आश्रम नजिक सर्दु जलाधार क्षेत्रको जिर्ण पुललाई मर्मत सम्भार गरी मजवुत वनाईएको छ । सो पुल र सडक वाट सर्दु जलधार क्षेत्र वरीवरी वस्ने खोला लाईन र तामाखाम वन्दुके विष्णुपादुका का झण्डै ५ सय घर परीवार लाभान्वीत भएका छन् ।

सो सडक उदघाटन गर्दै धरान उपमहानगरपालिकाकी उप प्रमुख मन्जु भण्डारीले धरानको खानेपानीको मुल श्रोत सर्दु जलाधार जाने सो सडक र पुलको निर्माण संगै अव त्यस क्षेत्रका जनताको विकाशको पुर्वाधार तयार भएको वताईन ।

भौतिक विकाससँगै आर्थिक विकाश जोडिनु पर्ने भएकोले त्यस क्षेत्रका दिदिवहिनीहरुले अव आत्मनिर्भर हुने कार्यक्रम चलाउनु पर्ने र त्यसको लागी नगरपालिकाले सक्दो सहयोग पुर्याउने वचन दिएका थिए । पुल र सडकको निर्माण सँगै परीयोजनाले जंगलको पानी पिण्डेश्वर र खानेपानी अफिसमा झार्न सफल भएकोले अव धरानमा पानीको समस्या यसै हप्ता देखि कम हुँदै जाने परीयोजनाका व्यवस्थापक ईन्जिनियर राजु पोख्रेलले जानकारी दिए ।

सो सडक निर्माण गर्न नेपाल आर्मि र स्थानिय जनताले साथ दिएको हुनाले समयमै सम्पन्न भएकोमा परीयोजनाका सल्लाहकार कम्पनी विडिएका निर्देशक इन्जिनियर अनिल नेपालले धन्यवाद दिएका थिए । सडक वनाइ दिएको खुलीयालीमा स्वस्फुर्त रुपमा स्थानिय जनताले पैसा उठाएर सो उद्घाटन कार्यक्रम तथा दिवाभोजको आयोजना गरेको कुरा आयोजक लाली गुरास आमा समुहकी सदस्य पारु राईले स्वागत मन्तव्यमा वताईन ।

धरान खानेपानी वोर्डंका सदस्य तथा वातावरण तथा पर्यटन विकाश केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले सर्दु जलाधार क्षेत्रको मध्य भागमा पर्ने सो क्षेत्रमा आयोजनाले पुल र वाटो वनाई दिएर भौतिक सुविधा त दिएको छ तर वति मुनीको अध्यारो भने झै उपमहानगर पालिकाको शिरानमा रहेको सो स्थानको जनताको चेतना स्तर तथा आत्म निर्भर वनाउने कार्यक्रम अहिले सम्म एउटै कार्यक्रम पुर्याउन नसक्नु दुर्भाग्यको कुरा भएकोले आफनो संस्था सेड नेपालको तर्फ वाट हालै लाली गुरास आमा समुह गठन गरी सर्दु जलाधार क्षेत्रको संरक्षण र उनीहरुलाई आत्मनिर्भर वनाउन लागी परेको वताए ।

उदधाटन कार्यक्रम पछि ओशो आश्रमको ध्यान हलमा आयोजित सो समारोहमा धरान वार्ड नम्वर १३ का वडाध्यक्ष नेत्र काफले वार्ड नम्वर २० का वडाध्यक्ष मनिराम राईले पनि आफनो वार्ड भित्र पर्ने सो क्षेत्रका जनताले ल्याउने हरेक विकाश योजनामा साथ दिने वताए । लाली गुरास आमा समुहकी अध्यक्ष सीता राईको सभापतित्वमा सम्पन्न सो समारोहमा स्थानिय वासिन्दा दिलिप चाम्लिडले पनि स्थानिय समस्याहरुको वारेमा वोलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *