बर्दगोरियामा पाँँच दिने योग विज्ञान शिविर सम्पन्न

लम्की, जेठ १९ । कैलालीको बर्दगोरीया गाउँपालिकाको बौनियामा संञ्चालित ५ दिने योग विज्ञान शिविर आज सम्पन्नं भएको छ ।

‘योग गरौ निरोगि बनौ’ भन्ने मुल नाराका साथ पतनजली योग समिति बर्दगोरीयाको आयोजना र बर्दगोरीया गाउँपालिकाको आर्थिक सहयोगमा ५ दिन सम्म संञ्चालन भएको शिविरमा करीब करीब ५ सय भन्दा बढी स्थानिय लाभान्वित भएको पतन्जली योग समिति बर्दगोरीयाका अध्यक्ष टेकराज सापकोटाले जानकारी दिए।

कार्यक्रममा सात नम्बर प्रदेशका योग समितिका महामन्त्री देब बहादुर मल्ल, युवा प्रभारी ठमन बम, योग प्रचारक प्रभारी टेकराज सापकोटा लगायतकाले सहभागि स्थानिलाई प्रशिक्षण दिएका थिए ।

पतन्जली योग समिति बर्दगोरीयाका अध्यक्ष टेकराज सापकोटाको सभापतित्वमा भएको समापन कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर सातका योग समितिका महामन्त्री देवबहादुर मल्ल रहेका थिए । भने विशिष्ट अतिथीमा बर्दगारीया गाउपालिका २ का वडा अध्यक्ष भिक्कु चौधरी रहेका थिए।

चन्द्रप्रसाद पाण्डेको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा द्धावारीका प्रसाद धमाला लगायतकाले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *