‘अब पार्टीलाई नवीनतम बनाउन लागिएको छ’- प्रवक्ता शर्मा

दाङ, जेठ १९ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण काँग्रेसले निर्वाचनमा पराजय भोगेको बताउँदै उनले अब पार्टीलाई नवीनतम बनाउन लागिएको बताएका छन् ।

प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले काँग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको उल्लेख गरेका छन् ।

नेपाली काँग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमीकमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको बताए ।

“काँग्रेसले सडकमा चक्का जाम र सदनमा होहल्ला गर्ने काम गर्दैन शान्तिपूर्ण र रचनात्मक तरिकाले सरकारका नकारात्मक निर्णयको विरोध गर्छ”, प्रवक्ता शर्माले भने । उनले जनतालाई दुःख दिने काम काँग्रेसले कहिल्यै पनि नगर्ने स्पष्ट पारे।

प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई दृढ इच्छाशक्ति, विशाल हृदय र अधिकतम लचकता अपनाएर समृद्धिका पक्षमा अघि बढ्न पनि सुझाव दिए ।

“काँग्रेसले नेतृत्व गरेको सरकारलाई जति चुनौती थिए, अहिले ओली नेतृत्वको सरकारलाई छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई आठ अंकमा पुर्याउन सकेन भने त्यो सबैभन्दा ठुलो दुर्भाग्य हुनेछ”, युवा नेता शर्माले भने ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *