यसरी बिग्रन्छ दाँत

काठमाडाैं, जेठ १८ । खानेकुरा अड्किएपछि दाँतले थप एसिड उत्पादन गर्न थाल्छ । उक्त एसिडले दाँतलाई असर पार्छ । जसले गर्दा दाँत खोक्रिँदै जान्छ ।

विशेषगरी गुलियो खानेकुराले बालबालिकाको दाँतमा किरा लाग्ने धेरैको भनाइ हुन्छ । तर, दाँत बिग्रनुको कारण भने गुलियो मात्र होइन । जस्तोसुकै खाद्यपदार्थले दाँत बिगार्न सक्छ ।

किनकि, दाँतमा अड्किएर बसेको खानेकुराबाटै त्यस्ता एसिड उत्पादन हुने गर्छ । अनि दाँत किराले खाने गर्छ ।

त्यस्तो अवस्थामा चिनीपानी, महजस्ता गुलियो चिज खाँदा भने त्यस्ता एसिडको असर कम हुन्छ ।

एसिडले दाँतको बाहिरी भाग अर्थात् इनामेल फोडेपछि त्यसभित्रका भाग कमजोर हुन्छ, जुन सजिलै क्षयीकरण हुन्छ । यसरी इनामेल फोड्दा दाँतका ब्याक्टेरिया भित्र पसेर खोल्दै जान्छ ।

नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =