बजेटमाथिको सामान्य छलफल जारी

काठमाडौ, जेठ १७ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको सामान्य छलफल जारी छ ।

आजको छलफलमा भाग लिँदै सांसद मीनबहादुर विश्वकर्माले बजेट कार्यान्वयनमा समस्या रहेको बताएका छन् ।

सांसद गजेन्द्रबहादुर महतले जुम्लाको विकासमा सरकार पक्षपाती रहेको गुनासो गरे भने अर्का सांसद चित्रलेखा यादवले बजेट ऋणमुखी रहेको बताएका छन् ।

सांसद प्रेमप्रसाद तुलाचनले आगामी सरकारले विनियोजित विकास बजेट खर्च गर्न नसक्ने तर्क गरे ।

छलफलमा सांसदहरु दुर्गा पौडेल, डीला संग्रौला, सुदन किराती राई, प्रेमबहादुर आले, उमा रेग्मी, मोतिराम दुगड, सत्यनारायण शर्मा खनाल, मीना पाण्डे, लक्ष्मी परियार, मनकुमारी जिसी, ज्ञानकुमारी छन्त्याल, प्रकाश रसाइली, राजेन्द्रकुमार केसी लगायतले भाग लिएका थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते संघीय संसद्मा बजेट पेश गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि जेठ १८ गते शुक्रबार दिउँसो ११ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =