क्षेत्रीय विमानस्थलहरुबाट पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने

“
काठमाडौं,जेष्ठ १५ । आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यमा क्षेत्रीय विमानस्थलहरुबाट पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेको छ । बजेटमा हवाई सेवाका लागि १९ अर्व ३५ करोड रकम विनियोजन गरिएको छ।
निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको स्तर उन्नती गर्ने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्तर उन्नती गर्ने गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न गरी सञ्चालन यहि आर्थिक वर्षमा गरिने उल्लेख छ ।
विमान सेवाबारे वक्तव्यमा भनिएको छ– विराटनगर, जनकपुर नेपालगन्ज र धनगढी विमानस्थलाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गरी छिमेकी मुलुकसम्म उडान सुरु गरिने छ । आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिइने छ । दाङमा बैकल्पिक विमानस्थल निर्माण कार्य अगाडि बढाइने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई कम गर्नका लगि काभ्रेको नागिडाँडामा अध्ययन गरेको बैकल्पिक विमानस्थलको सम्भाव्यता अध्ययन रिपोर्ट तयार गरी निर्माण कार्य अगाडि बढाइने छ ।
आन्तरिक विमानस्थल विस्तारमा गुरुयोजना तयार गरिने छ ।
“








