अर्चना पनेरुको अमेरिकी पति केन्द्रिय कारागार चलान

काठमाडौं, जेठ, १३ । ‘पोर्न स्टार’ बन्ने अभिव्यक्ति दिएर चर्चामा आएकी मोडल तथा कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई यौन दूराचारको अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

काठमाडौँ जिल्लाको आदेश अनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन् । गत चैत २३ गते प्रहरीले प्राइस बस्ने घरबाट दुई सय ग्राम गाँजा र अन्य अवैध लागू औषध समेत बरामद गरेको थियो ।

त्यस्तै दुई बालकलाई समेत उद्धार गरिएको थियो । प्राइस अमेरिकन नागरिक भए पनि उनका बाबु भने रसियन हुन् । रसियन नागरिकता खारेज गरेपछि उनी अमेरिका पुगेका थिए । प्राइसकी आमा अमेरिकाको एक टेलिभिजनमा कार्यरत छिन् ।

प्राइस ५ वर्षदेखि नेपालमा बस्दै आएको खुलेको प्रहरी अनुसन्धानमा देखिएको छ । भिसा म्याद थप गर्दै सन् २०१३ देखि उनी नेपालमा छन् । उनले काठमाडौँको बलम्बुमा घर नै लिएर यौन धन्दा गरेको खुलेको हो ।

प्राइसले भाडाको घरमा युवतीहरू ल्याइरहने प्रहरीको दाबी छ । घरसँगै उनले होटेल समेत सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ । काठमाडौँमा मात्र होइन चितवनमा समेत उनको होटल रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *