लिखुपिकेमा बाँदरले दियो हैरनी बाली खाएर कृषक चिन्तित

सोलुखुम्बु, साउन ४ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा बाँदरले बर्षेनी कृषकहरुलाई दुख दिने गरेको छ । लगाएको बालीमा बाँदरले दुख दिन थालेपछी अहिले त्यस क्षेत्रका कृषकहरु चिन्तिन बनेका छन । त्यस क्षेत्रको अधिकांश क्षेत्रमा बाँदरले भर्खरै पाक्दै गरेको मकै र नगदे बाली अलैँचीको टुसा खाएर हैरान बनाएको छ ।

दिउँसोको समयमा मानिसहरुको चहलपहल नभएको मौका छोपि डेड सयको हारहारीमा बाँदरको समुह आएर भर्खर घोगा लागेको मकैको घोगा र अलैँचीको टुसा खाएर सखाप बनाउने गरेको लिखुपिके गाँउपालिका वडा न ४ का भरतबहादुर बस्नेतले गुनासो गर्नुभयो ।

फागुनमा दुखका साथ खेती लगायो खेती भित्राउने समयमा बाँदरले दुख दिने गरेको छ , बस्नेतले गूनासो गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *