प्रदेश नं ३ का उपसभामुख तामाङबाट विद्यार्थीलाई सहयोग

नुवाकोट, जेठ १३ । प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले दिवंगत बुबाआमाको सम्झनामा स्थापित ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत यहाँका तीन विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेकी छन् ।

क्यान्सर रोगका कारण ज्यान गुमाएका बुबा शेरबहादुर र आमा राम्री तामाङको सम्झनामा स्थापित उक्त प्रतिष्ठान मार्फत शिवपुरी गाउँपालिकामा रहेका तीन वटा विद्यालयका ११० विद्यार्थीलाई उनले शनिबार ती सामग्री वितरण गरेकी हुन् ।

शिवपुरी गाउँपालिका वडा नं १ तलाखुको खोलेखर्क आधारभूत विद्यायल, वडा नं ३ लिखुको माङ्चेभुमे प्रावि र शिलाका प्राविमा अध्ययनरत सबै विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन जगाउन र नियमित विद्यालय जान प्रेरित गर्न विद्यालय पोशाक, कापी, कलम लगायतका सामग्री वितरण गरिएको प्रतिष्ठानका संरक्षक एवं उपसभामुख तामाङले बताएका छन् ।

“दुर्गम क्षेत्र, जनजाति समुदाय र शिक्षामा चेतनाको स्तर वृद्धि गराउन सहयोग प्रदान गरेका हौँ ।” उनले भनिन्, “आगामी दिन स्वास्थ्य शिविर तथा सीप प्रवद्र्धनमार्फत समृद्ध समुदाय निर्माणमा केन्द्रित हुने योजना बनाएका छौँ ।”

खोलेखर्क आधारभूत विद्यायलका प्रधानाध्यापक विन्देश्वर शाहका अनुसार बालबालिका विद्यालयमा भर्ना भए पनि नियमित नहुँदा शैक्षिक गुणस्तर वृद्धिमा हुँदै आएको कठिनाइ समाधान गर्न प्रतिष्ठानको सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।

सामग्री वितरणसँगै यसै प्रदेश (प्रतिनिधिसभा–१ को प्रदेश ‘क’) बाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङले गाउँको विकासका लागि अभिभावक तथा स्थानीयवासीसँग अन्तरक्रिया समेत गरेकी छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =