मिस्टर एण्ड मिस एसईई आईडल २०१८ को उपाधि गगन र सुभेच्छालाई

“
काठमाडौ, जेठ १३ । मिस्टर एण्ड मिस एसईई आईडल २०१८ को उपाधि गगन कार्की र सुभेच्छा मालाकारले जितेका छन् ।
ट्रिनिटी ईभेन्ट म्यानेजमेन्टले शनिबार राजधानीमा आयोजित गरेको फिनाले प्रमुख निर्णायक नायक तथा गायक कोशिस क्षेत्रीले तपाई आफ्नो प्रेमी तथा प्रेमिकाको लागि धर्म परिवर्तन गर्न सक्नुहुन्छ वा सक्नुहुन्न भन्ने प्रश्नको जवाफमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै गगन र सुभेच्छाले उपाधि उक्त उपाधि हात पार्न सफल भएका हुन् ।
एसईई दिएर बसेका बिद्यार्थीहरुको प्रतिभालाई प्रष्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको स्ट्रिक्स मिस्टर एण्ड मिस एसईई आईडल २०१८ अन्तर्गतको पाचौ शृंखला प्रतियोगितामा मिस्टर एसईई आईडल २०१८ तर्फ फस्ट रनरअप रुपेश बस्नेत र सेकेण्ड रनरअप अविसान्त कार्र्की भएका छन् ।
त्यस्तै मिस एसईई आईडल २०१८ तर्फ फस्ट रनरअपको उपाधि सुरक्षा बस्नेत, सेकेण्ड रनरअपको उपाधि पुजा तामाङ, र थर्ड रनरअपको उपाधि आकृति खतिवडाले जित्न सफल भएका छन् ।
अन्य उपाधिहरुमा मिस्टर तर्फ बेस्ट वाक , मिस्टर भिवर च्वाईस, मिस्टर फोटोजेनिक, बेस्ट ड्रेस र मोस्ट फ्रेण्डलीको उपाधि फस्ट रनरअप रुपेश बस्नेतले हात पारे ।
त्यस्तै मिस्टर कन्फिडेन्ट गगन कार्की , मिस्टर डिसीप्लेन्ट यमन बहादुर मगर , मिस्टर पब्लिक च्वाईस अभिसान्त कार्र्की , मिस्टर अर्गनाईजर च्वाईस प्रदिप कार्र्की , र बेस्ट पर्सन्यालिटी रोहन बिष्ठ भएका छन् ।
त्यस्तै मिस एसईई आईडल २०१८ तर्फको मिस ट्यालेन्ट पुजा तामाङ, मिस फोटोजेनिक र मिस भिवर च्वाईस टिना गुरुङ, मिस अर्गनाईजर च्वाईस मनिता खड्का , मिस क्याटवाक, बेस्ट ड्रेस , र मिस बब्ली आकृति खतिवडा, बेस्ट पर्र्सन्यालिटी सुनिता नेपाल , मिस डिसीप्लेन्ट रमुना विश्वकर्मा, मिस पब्लिक च्वाईस सुभेच्छा मालाकार , बेस्ट स्माईल प्रितिका बास्तोला, मिस कन्फिडेन्ट अस्मिता पोडेल, ब्युटिफुल आईज निशा भण्डारी , बेस्ट हेयर सोना तिमल्सिना , बेस्ट स्किन सर्मिला कार्की , र मिस पंकचुयालिटी सुरक्षा बस्नेतले उपाधि हात पार्न सफल भए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभाका सदस्य तथा पुर्वमन्त्री महेश बस्नेतले सुन्दरता व्यापारलाई उध्योग अन्तर्गतमा आफुले राखेको भन्दै अबको पाँच बर्षमा नेपालका युवा जनशक्ति बिदेश पलायन गर्नमा रोक्ने र देशमै उद्योग र रोजगारीको अवसर प्राप्त हुने बताएका छन् ।
कार्यक्रम बारे बोल्दै आयोजक ट्रिनिटीका प्रबन्धक निर्देशक सुदन थापाले यस्तो प्रतियोगिताले बिद्यार्र्थीहरुको आफुमा भएको प्रतिभा चिन्न र आत्मबल बढाउन मद्धत पुग्ने भन्दै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्ने बताएका छन् । आयोजक ट्रिनिटीका सीईओ सावित्री ढुंगानाले उपाधि बिजेतालाई बधाई ज्ञापन दिदै उनीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताएकी छिन् ।
निर्णायक मण्डलमा प्रमुख निर्णायक गायक तथा नायक कोशिश क्षेत्री , आस्था न्युजका प्रमुख सम्पादक पारस कुमार पोखरेल, बिपुला जोशी खनाल, सुनिता गौतम, प्रसन्न अर्याल, सोनित राज ढुंगेल र राज पाण्डे रहेका थिए ।
त्यस्तै साहि कार्यक्रममै संचार तथा चलचित्र जगतमा लामोसमयसम्म अनवरत रुपमा सेवा गर्दै आएकी कृति भट्टराईलाई सामाजिक सेवाका लागि कृष्ण प्रसाद ढुंगाना स्मृति पुरस्कारबाट सम्मानित गरिएको हो ।
सम्मानित भएकी संचारकर्मी भट्टराई नायिका र मोडल समेत हुन् । हाल उनी जनता टेलिभिजनमा कार्यरत छिन् ।
“








