क्रान्तिकारीहरुको एकता अनिवार्य भएको माओवादी अध्यक्ष प्रचण्डको भनाइ

काठमाडौं, साउन ४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीहरुको एकता अनिवार्य भएको बताउनुभएको छ । स्थानीय तहको चुनावको नतिजा अनुसार जनताले नै माओवादीहरु मिल्नुको विकल्प नभएको सन्देश दिएको भन्दै अध्यक्ष प्रचण्डले यस्तो बताँउनुभएको हो ।

ललितपुरको धापाखेलमा भएको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले बिभाजित भएर गएका मोहन बैद्य, नेत्रविक्रम चन्द र बाबुराम भट्राईपनि अब संगै जानु पर्ने खाँचो देखिएको बताँउनुभयो । उहाँले भन्नुभयो, साथीहरु माओवादी आन्दोलनबाट विभाजित भएर जानुभयो ।

तर, कसैले पनि फुटको औचित्य पुष्टी गर्न सक्नुभएन, जनताले वैद्य, विप्लव, बाबुरामको नेतृत्वमा रहेका सबैलाई तिमीहरुसँग एकताको बिकल्प छैन भन्ने सन्देश दिएका छन् । अध्यक्ष प्रचण्डले स्थानीय तह चुनावमा माओवादी केन्द्रले अपेक्षित नतिजा ल्याउन नसक्नुको दोष जनतालाई दिएर नेताकार्यकर्ताले उन्मुक्ति नपाउने समेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *