कर्णाली प्रिमियर लिगको उपाधि आर्मीको पोल्टामा

काठमाडौँ, जेष्ठ १२ । कर्णाली प्रदेशमा सम्पन्न ‘रुस्लान कर्णाली प्रिमियर लिग’को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा परेको छ ।

आर्मीले शनिबार भएको अन्तिम खेलमा रुपन्देही–११ लाई ३७ रनले हराउँदै उपाधि हात पार्यो।

आर्मीले दिएको एकसय ३३ रनको लक्ष्य पछ्याएको रुपन्देही १७ दशमलव ५ ओभरमा अलआउट भयो । दोस्रो ईनिङ्मा व्याटिङ गरको रुपन्देहीले ९६ रन मात्र बनाउन सक्यो ।

रुपन्देहीका लागि निश्चल चौधरीले २६, सन्दीप सुनारले २४, कप्तान शक्ति गौचनले १७ तथा सौरभ खनालले १६ रनको योगदान दिएका थिए।

यस्तै, बलिङ्तर्फ रुपन्देहीका विकास श्रेष्ठले ३ वीकेट लिए भने विक्रम भुषाल, बसिर अहमद र सन्दीप सुनारले १(१ विकेट लिएका थिए ।

आर्मीको जितका लागि लागि ओपनर सागर पुनले ३८, कप्तान विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रनको योगदान दिए । आर्मीका लागि बलिङ्तर्फ सुशन विक्रम शोवले ३ वीकेट लिए ।

सुशन भारी र हरीकृष्ण झाले समान दुई÷दुई वीकेट लिए भने जितेन्द्र मुखिया र चन्द्र सावदले एक(एक विकेट लिए ।

खेलको म्यान अफ दि म्याच आर्मीको विक्रम शोव बनेका छन् ।

उपाधि जितेको आर्मीले ३ लाख नगद पुरस्कारसहित ट्रफी पाएको छ । नगद १ लाख ५० हजारसहित उपविजेता रुपन्देहीले पनि ट्रफी पाएको छ ।

बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको ‘रुस्लान कर्णाली प्रिमियर लिग’ जेठ ३ गतेदेखि शुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *