सन्दीपको स्वागतमा विमानस्थलमै फ्यानहरुको ठूलो भिड

चितवन, जेठ ११ । इण्डियन प्रिमियर लिग (आईपीएल) उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका युवा क्रिकेटर सन्दीप लामिछाने शुक्रबार गृहजिल्ला चितवन आइपुगेका छन् ।

सन्दीपलाई लिन बुवा चन्द्रनारायण भरतपुर विमानस्थलमा पुगेका थिए । बुवासँगै सन्दीपकी दिदी इन्दु र भिनाजु अनिल न्यौपाने पनि गएका थिए ।

सन्दीपलाई लिन पुगेका वुवा चन्द्रनारायणले छोराको सफलतामा बधाइ दिदै खुसी व्यक्त गरेका छन् ।

विमानस्थल भित्रै बसेर लामिछानेले आफ्ना परिवारजनसँग केहीबेर कुराकानी समेत गरेका थिए ।

सन्दीपको स्वागतमा विमानस्थलमै फ्यानहरुको ठूलो भिड जम्मा भएको थियो । उनीसँग सेल्फी खिच्ने समर्थकहरुको तछाडमछाड नै चलेको थियो ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सन्दीपले अबको एक हप्तापछि बेलायतको लर्डस मैदानमा हुने विश्व ११ र वेष्टइन्डिजविरुद्धको खेलमा नेपालबाट सहभागी हुन पाउनु आफैमा गर्वको विषय भएको बताएका छन् । उनले यो खेल खेल्नका लागि आफू धेरै उत्साहित बनेको बताएका छन् ।

लामिछानेले आफू सहभागी टिम दिल्ली डेयर डेभिल्सबाट तीनवटा खेलमा सहभागिता जनाउन पाउँदा धेरै कुरा सिकेको बताए ।

क्रिकेटमा नेपालले अब एक दिवसीय र टि-ट्वाइन्टी दुवै फरम्याटमा तयार हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *