यस्तो छ माइकल ज्याक्सनको डान्स राज ! यसरी झुक्थे ४५ डिग्री को कोणमा

“
पप स्टार माइकल ज्याक्सनको मुन वाक बाहेक अरु पनि थुप्रै डान्सहरु मुभ छन् । जसको दुनियाँभरी नै कयौँ फ्यानहरु छन् जो उनको डान्सको नक्कल गर्न सक्दो कोशिस गरिरहेका हुन्छन् ।
१९८७ मा आएको म्यूजिक भिडियो स्मूथ क्रिमिनलमा माइकल ज्याक्सनको एंटी–ग्रैविटी मुभ, जसमा उनी ४५ डिग्रीको कोणमा अगाडी अझै झुकेका थिए । यसको बावजूद पनि उनको स्पिन सिधा रहन्छ । चंडीगढ़ को PGIMER (पोस्ट ग्रैजुएट इंस्टीट्यूट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च) का तीन न्यूरोसर्जन निशांत एस याग्निक, मंजुल त्रिपाठी रसंदीप मोहिन्द्रा ले बडी स्ट्रक्चर को बेसमा माइकल ज्याक्सन को एंटिग्रिटी डान्स मूभ्स को पछि को थ्योरी को खुलासा गरेका छन् ।
४५ डिग्री को कोणमा यसरी झुक्थे माइकल
डाक्टरका अनुसार, माइकलको यो डान्स मूव कडा ट्रेनिंग र ट्रिक दुवैको मिलिजुली थियो । डाक्टर मोहिन्द्रा का अनुसार, माइकल एक खास किसीमको जुत्ता लगाउँथे, जसको हिलमा एक स्लट लगाइएको हुन्थ्यो। प्रफर्मेन्सको समयमा स्टेजदेखि ठिक समयमा एउटा ब्लक बाहिर आउँथ्यो । जसमा माइकल को जुत्ताको हिलको स्लट अड्किन्थ्यो, जसले उनलाई ४५ डिग्री सम्म झुक्न मद्दत गथ्र्यो । यद्यपी डाक्टरले यस्तो सम्म भनेका छन् कि, मात्र ब्लकको मद्दतबाट कोहि आम मानिसहरुले यो डान्स मुभ गर्नै सक्दैनन् ।
कडा मेहनतले गर्दा माइकल यस्तो गर्न सक्थे
डाक्टरका अनुसार, अगाडी अझ ज्यादा झुक्नमा विस्तारै–विस्तारै सबै जोड घुँडाको हड्डीमा पर्न जान्छ । घुँडामा पुरै शरिरको भार पार्न बिल्कुल सम्भव छैन । त्यो समयमा जब तपाईँलाई विल्कुल सिधा रहनुपर्छ । आम मानिसको पछाडी यस्तो गर्दा समय घट्छ र कयौँ पटक उनीहरु स्पाइनल इंजरी को शिकार पनि हुन सक्छन् । तर माइकल ज्याक्सनको साथ यस्तो विल्कुलै भएन ।
डाक्टरका अनुसार, माइकलले आफ्नो घुँडाको मसल्स एकदमै मजबुत बनाएर राखेका थिए। यसै कारणले गर्दा उनी ४५ डिग्री अगाडीसम्म झुक्न सक्थे ।
उपचार गर्दा गर्दै आयो अध्ययनको आइडिया
डाक्टर मोहिन्द्राका अनुसार, माइकल ज्याक्सनले जुन डान्स मुभ गरेका छन्, त्यो बिल्कुल सजिलो छैन र यस्तो गर्ने चक्करमा कति मानिसहरु स्पाइनल इंजुरी को शिकार हुने गर्छन् ।
हामीसँग यस्तो कयौँ केस आउँथ्यो, जसमा ट्रेंड डांसर पनि अगाडी देखि अझै २५ डिग्री भन्दा बढी झुक्दा दुखित हुन्थे । यस्ता मानिसको उपचार गर्दा–गर्दा हामीले सोच्यौँ कि आखिर माइकल कसरी ४५ डिग्रीको कोण सम्म झुके होलान् र यसपश्चात् हामीले डेढ वर्षमा हाम्रो अध्ययन पुरा गर्योँ
एजेन्सी”








