खेलकुद व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्न तेक्वान्दोकी रोमी कोरिया जाँदै

काठमाडौ, जेठ १० । तेक्वान्दोकी चौथो डान रोमी गिरी खेलकुद व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्न शुक्रबार दक्षिण कोरियाको इन्चोन जाने भएकी छिन् ।

खेलसँगै व्यवस्थापन प्रशासनमा पनि उत्तिकै रुची राख्ने रोमीलाई नेपाल तेक्वानदो महासंघले उक्त अवसर प्रदान गरेको हो ।

रोमिले कोरियामा रहेको वर्ल्ड तेक्वान्दो फेडेरेसनको हेक्वाटरमा ६ महिना खेलकुद व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्ने छिन् ।

६ महिनाको लागि भएपनि उनको भिजा ए वर्षको रहेकोले त्यसपछि समय थप हुने समेत गिरीले बताएकी छिन् ।

गिरीलाई मंगलावार राखेप सदस्यसचिव केशव कुमार विष्ट र बुधवार नेपाल तेक्वान्दो संघले छुट्टाछुट्टै बिदाई गरेका छन् ।

रोमीले आफ्नो लागि यो अवसर रहेको र यसका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘यो समयमा मैले प्रशासन र व्यवस्थापनमा केही सिक्ने छु र आफूलाई त्यस विधामा अझ पोख्त बनाउनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *