गरीब निक्ले गृहमन्त्री बादलः सम्पत्तिका नाममा ६ तोला सुन, साथमा दुई वटा कुकुर पनि !

काठमाडौं, जेठ ९ । प्रधानमन्त्रीदेखि मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक हुँदा गृहमन्त्री रामबहादुर थापा (बादल) सँग बैँकमा जम्मा ५० हजार रुपियाँ मात्र भएको खुलेको छ । साथै गृहमन्त्री थापाको आफ्नो नाममा कुनै पनि जग्गा जमिन तथा सवारी साधन समेत नरहेको र उनीसँग ६ तोला मात्रै सुन भएको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख छ ।

तर सुनको स्रोत भने श्रीमतीलाई भाइले विदेशबाट उपहार स्वरुप दिएको विवरणमा खुलाएका छन्।

बाँकी श्रीसम्पत्ति भने गृहमन्त्री थापाकी पत्नी नैनकला थापाको नाममा रहेको खुलेको छ । विवरणमा श्रीमतीको नाममा चितवनमा १ कठ्ठा ३ धुर जग्गा रहेको उल्लेख छ । त्यस्तै चितवनको भोजाङमा श्रीमती थापाको पेवाको रुपमा तीन कित्ता गरेर ४ सय ७४ वर्गमिटर जग्गा रहेको छ ।

गृहमन्त्री थापाकी पत्नीको नाममा अपर तामाकोसी हाइड्रोपावरको १४६ कित्ता शेयर रहेको विवरणमा खुलाएका छन् । गृहमन्त्रीले पशुधनमा दुई वटा कुकुर समेत रहेको खुलाएका छन्। उनले कुकुर छिमेकीबाट गिफ्ट पाएको उल्लेख गरेका छन्।

गृहमन्त्री थापाले प्रयोग गर्ने बा ९ च ७४३२ नम्बरको गाडी समेत तत्कालीन नेकपा माओवादी केन्द्रको नाममा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =