सुनकाण्डबारे बयान दिदै गोरेले भने- म हत्यारा र तस्कर हैन

काठमाडौं, जेष्ठ ९ । मोरंग जिल्ला अदालतमा बुधबार बयान दिने क्रममा गोरेले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणका बारेमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

सुन तस्करीका मुख्य नाईके भनि कहलिएका चुडामणि उप्रेती गोरेले ३३ किलो सुन गायब र सनम शाक्यको हत्याका सम्बन्धमा आफूमाथि लागेको आरोप ठाडै अस्वीकार गरेका छन् ।

न्यायाधिश नारायण शर्माको इजलाशमा गोरेको बयान जारी छ । बन्द इजलाशमा जारी बयानमा गोरेले सुन र सनम हत्याबारे सबै कुरा भुजुङ गुरुङ र एमके अग्रवाललाई भएको तर्क प्रस्तुत गरेका छन् ।

बन्द इजलाशमा गोरेले सनमलाई यातना दिएको भिडियो देखाएर यो को हो त रु भन्दै गोरे पक्षका वकिल यमबहादुर मगरले प्रतिवाद गरेपछि भिडियो देखाइएन ।

गोरेलाई अहिले यसअघि पक्राउ परेका ३० जनाबाट लिइएको बयान सुनाइँदैछ । उनीहरुको बयानसँगै गोरेलाई बीच–बीचमा प्रश्न गर्ने काम पनि भइरहेको अदालत स्रोतले बतायो ।
गोरेको बयान भोलिसम्म जारी रहनसक्ने सम्भावना रहेको बन्द इजलाशमा रहेका एक वकिलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *