रसुवा: पासाङल्हामु राजमार्ग आज दुई घण्टा बन्द हुने

रसुवा, जेठ ९ । पासाङल्हामु राजमार्ग आज दुई घण्टा बन्द हुने भएको छ । राजमार्गको कालिकास्थान-धुन्चे सडकखण्डको सोलेस्थित कज्वे निर्माण हुने भएकाले सडकखण्ड बन्द गरिने भएको हो ।

डिभिजन सडक कार्यालय नुवाकोटका अनुसार आज बिहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म सडक बन्द गरेर निर्माण कार्य गर्न लागिएको हो ।

२०७१ सालमा भत्किएको कज्वे यो पटक निर्माण गर्न लागिएको हो । कज्वे निर्माण भएपछि यातायात सञ्चालनमा सहज हुने डिभिजन प्रमुख निरज शाक्यले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *