“भारतीय सरकारले गर्यो विराटनगरमा रहेको “”फिल्ड अफिस”” बन्द गर्ने घोषणा”

“
काठमाडौँ, जेठ ८ । भारतले विराटनगरको फिल्ड अफिस बन्द गर्ने भएको छ । प्रधानमन्त्री ओलीले बन्द हुने घोषणा गरेको तीन दिनपछि भारत सरकारले फिल्ड अफिस हटाउने औपचारिक जानकारी दिएको हो ।
२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भएका कारण पास दिन भारतीय दूतावासले खोलेको फिल्ड अफिस अझैसम्म हटेको थिएन ।
।
नेपाल कम्युनिष्ट पार्टीको ५ जेठमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए । सोही अनुरुप विराटनगरको भारतीय फिल्ड अफिस हटाइने जानकारी दिइएको हो ।
भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएको छ । भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरिसकेको छ ।’
“








