फुटपाथमा राखिएका साईन बोर्डहरु हटाउन शुरु

धरान, जेठ ७ । धरान बजारको बीच सडकका फुटपाथमा रहेका होडिङ बोर्ड तथा साईन बोर्ड हटाउन शुरु गरिएको छ ।

जथाभावी रुपमा मापदण्ड विपरित फुटपाथ तथा बिजुलीका पोलहरुमा राखिएका साईन बोर्ड हटाउन शुरु गरीएको हो ।

व्यापारीहरुले आफनो ब्यापार ब्यवसायको प्रचार गर्ने उद्देश्यले फुटपाथ क्षेत्रमा बटुवाहरु हिड्ने स्थलमै साईन बोर्ड तथा होडिङ बोर्ड राखेकोले उक्त सामग्रीहरु सोमबारबाट हटाउन शुरु गरिएको जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ ।

अनुगमनका क्रममा धरानमा मापदण्ड विपरित फुटपाथ क्षेत्र तथा बिजुलीका पोलहरुमा साईन बोर्ड तथा होडिङ बोर्डहरु जथाभावी राखिएको पाइएपछि सो साम्रगीहरु हटाइएको हो ।

जिल्ला ट्राफिक कार्यालय धरानका प्रमुख होमराज दाहालको पहल र धरान महानगरपालिकाको समन्यवयमा सोमबार भानुचौकदेखी छाता चौक सम्मको क्षेत्रमा २०४५ सालदेखीका सयौँ पुराना तथा नयाँ साईनबोर्डहरु हटाइको थियो ।

व्यापारिक प्रवद्र्धनका लागि सडकमा राखिएका बोर्डहरु नियन्त्रणमा लिई महानगरपालिकामा राखिएको छ ।

भोली (मंगलबार) समेत सडकमा अवरोध खडा गर्ने प्रकृतिका सामग्री तथा साईनबोर्डहरु भानुचौक वडा प्रहरी कार्यालयलेदेखी तल तिरको भागमा समेत गरिने जिल्ला ट्राफिक कार्यालय धरानका प्रमुख होमराज दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *