मुम्बई बिरुद्ध दिल्लीको जीत, सन्दिपले लिए ३ विकेट

काठमाडौं, जेष्ठ ६। नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले आईपीएलको आफ्नो अन्तिम खेलमा ३ विकेट लिंदै आईपीएलको सुखद अन्त गरेका छन्। उनले ४ ओभरमा ३६ रन खर्चिंदै उक्त विकेटहरु लिएका थिए।

दिल्लीले मुम्बईलाई ११ रनले पराजित गरेको हो। मुम्बईले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १६३ रन बनाउँदै पराजित भएको हो। १ सय ७५ रनको लक्ष्य पाएको मुम्बई पराजित हुँदै प्लेअफबाट बाहिरिएको छ। दिल्ली यसअघि नै प्लेअफबाट बाहिरिसकेको थियो।

यसअघि दुई खेल खेलेका सन्दिपले दुई खेलमा १-१ विकेट लिएका थिए । प्रतियोगीतामा ३ खेल खेल्न पाएका सन्दिपले क्रिकेट प्रशंसकहरुलाई आफ्नो बलिङद्वारा प्रभावित पारेका थिए।

टस जितेर पहिले ब्याटीङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। दिल्लीकालागि रिसव पन्तले ४४ बलमा ६४ रन बनाएका थिए। त्यसैगरि विजय शंकरले ३० बलमा ४३ रनको योगदान दिएका थिए।

मुम्बईकालागि एविन लुईसले ३१ बलमा ४८ रन बनाएका थिए भने हार्दिक पाण्ड्याले २७ रनको योगदान दिएका थिए।

दिल्लीकालागि अमित मिश्राले ४ ओभरमा १९ रन खर्चिंदै ३ विकेट लिएका थिए भने हर्शल पटेलले पनि २.३ ओभरमा २८ रन खर्चेर ३ विकेट लिएका थिए। ट्रेन्ट बोलटले १ विकेट लिएका थिए।  सन्दिपको उत्कृष्ट प्रदर्शनसंगै उनको चर्चा विश्वभरि फैलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =