यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौँ, जेठ ६ । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस सल्यानको सल्ली बजार नजिकै दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।

उक्त बस सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *