अन्तत्त बिवाह बन्धनमा बाँधिए ह्यारी

काठमाडौ, जेठ ५ । संयुक्त अधिराज्यका राजकुमार ह्यारी बैबाहिक बन्धनमा बाँधिएका छन् ।

राजकुमार ह्यारी मेगन मार्कलसँग बैबाहिक बन्धनमा बाँधिएका हुन् ।

ह्यारी र मेगन मार्कलले विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साटासाट गरेका छन् ।

मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी थिइन् ।

सेन्ट जोर्जेज च्यापलमा उनलाई हृयारीका पिता युवराज चाल्सले हात डोर्‍याएर भित्र लगेका थिए । हृयारी भने दाइ विजियमसँग पुगेका थिए ।

विवाह समारोहमा निश्चित पाहुना थिए भने बिवाह हेर्न सडकमा हजारौं मानिस लामवद्ध भएर उभिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =