बीजेपीले बहुमत पुष्टि गर्न नसक्दाँ मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौ, जेठ ५ । कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले सपथ लिएको भोलिपल्ट राजीनामा दिएका छन् ।

हालै भएको चुनावमा सबैभन्दा ठूलो दल बनेको भारतीय जनता पार्टी (बीजेपी)लाई गर्भनरले सरकार गठनका लागि ३ जेठको राति आहृवान गरेको थियो ।

भोलिपल्ट येदियुरप्पाले मुख्यमन्त्रीको सपथ लिएका थिए । तर, सर्वोच्च अदालतले कर्नाटक विधानसभामा बहुमत देखाउन प्रदेश सरकारलाई आदेश दियो ।

शनिबार बीजेपीले बहुमत पुष्टि गर्नुपर्ने थियो । तर, १०४ सांसद मात्र थिए । कांग्रेस वा जेडीएसका सांसदको समर्थन पाउने नदेखेपछि येदियुरप्पाले राजीनामा दिएका छन् ।

अब कांग्रेस र जेडीएस मिलेर सरकार बनाउने भएका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *