करणी अभियोगमा ३० वर्षीय सन्तोष दंगाल पक्राउ

भक्तपुर, जेठ ५ । गत वैशाख ३१ गते एक युवतीलाई करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार काठमाडौँ, शंखरापुर–५ बस्ने ३० वर्षीय सन्तोष दंगाललाई पक्राउ गरीसार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी अनुसन्धान शुरु गरेको परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । युवतीलाई भेट्नु छ भनेर बोलाई खाजा खाने बहानामा होटलमा पु¥याई करणी गरेको उजुरी परेपछि प्रहरीले दंगाललाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *