इडेन एकेडेमीः ABROAD STUDY मा ब्राण्ड बन्दै, अब इटहरीबाट समेत सेवा

“
जेठ ३, धरान । धरान स्थित इडेन एकेडेमीले शाखा विस्तार गर्ने भएको छ । उच्च शिक्षाका विदेश जाने विद्यार्थीलाई करियर काउन्सेलिङ संगै भाषा प्रशिक्षण गराउँदै आएको इडेन एकेडेमीले सुनसरीको इटहरी र मोरङको विरानगरमा शाखा विस्तार गर्न लागेको हो ।
इडेन एकेडेमीको पहिलो शाखा भोली शनिबार इटहरीमा उद्घाटन हुनेछ, जेठ २१ गते विराटनगरमा समेत शाखा स्थापना हुने इडेन एकेडेमीका म्यानेजिङ डाइरेक्टर मोहन तिगेलाले जानकारी दिए ।
पछिल्लो समय कक्षा १२ उत्तिर्ण गरेसँगै विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने क्रम बढ्दो रहेको र ती विद्यार्थीलाई उचित परामर्श दिने संस्थाहरुको कमी भएको अवस्थामा ५ वर्षदेखि विद्यार्थीलाई परामर्श दिँदै आएको इडेनले गुणस्तरीय सेवा प्रदान गर्न शाखा विस्तार गरेको हो ।
नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्विकृति लिएर दक्ष तथा अनुभवी काउन्सलरबाट विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको इडेनको इटहरी शाखाबाट विद्यार्थीले ABROAD STUDY का सबै विषयमा सेवा पाउने बताईएको छ । ‘ABROAD STUDY का विषयमा मुख्य कार्यालय धरानबाट जे सेवा दिइन्थ्यो शाखाहरुबाट समेत प्रदान गर्नेछौं ।’ म्यानेजिङ डाइरेक्टर तिगेलाले बताए । ‘इटहरी शाखाबाट विद्यार्थीलाई दक्ष तथा अनुभवी काउन्सलरबाट परामर्श दिने, IELTS, TOEFL का कक्षा सञ्चालन गर्ने लगायत सबै प्रकारका सेवाहरु उपलब्ध हुनेछन् ।’ उनले भने ।
तिगेलाले शैक्षिक परामर्श क्षेत्रमा इडेन एकेडेमीलार्इ उत्कृष्ट ब्राण्ड बनाउने उद्देश्य लिएकाे बताए । ‘कन्सल्टेन्सी चलाउनु ठूलाे कूरा हैन, विद्यार्थीलार्इ गुणास्तरीय सेवा दिन सक्नु मुख्य कुरा हाे, इडेन एकेडेमीले कसरी हुन्छ विद्यार्थीलार्इ सहि परामर्श दिने लक्ष्य लिएकाे छ ।’
इडेन एकेडेमीको इटहरी शाखाबाटै IELTS, TOEFL का क्लासहरु लिन सकिन्छ, यसका साथै विद्यार्थीको डकुमेण्टेशन, भिजा अप्लाई लगायतका कामहरु हुनेछन् ।
सन् २०१३ मा नेपाल सरकार शिक्षा मन्त्रालयबाट आधिकारिक रुपमा मान्यता लिएर सञ्चालनमा आएको इडेन एकेडेमीले सन् २०१७ मा आइडीपीमा सबैभन्दा धेरै विद्यार्थीलार्इ IELTS गराउने संस्थाका रुपमा सम्मानित भएको संस्था समेत हो । इडेन एकेडेमीमा जापान, अमेरिका, युरोप, अष्ट्रेलिया/न्यूजल्याण्डका लागि छुट्टाछुट्टै काउन्सलरहरुको ब्यवस्था गरिएको छ । भने, IELTS अध्यापन गराउने चार जना शिक्षकहरु शिक्षा मन्त्रालयले तोकेको योग्यता पुरा गरेका छन् ।
शैक्षिक परामर्श ब्यवसायमा गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको इडेन एकेडेमीबाट ABROAD STUDY मा जाने विद्यार्थीको संख्या सयाैं पुगेको छ । खासगरी अष्ट्रेलिया, न्युजल्याण्ड जस्ता देशहरुमा ABROAD STUDY का लागि जाने विद्यार्थीले इडेन एकेडेमीलाई रोज्ने गरेका छन् ।
“








