हेर्दै मुटु काप्ने प्रकाश सपुतको ‘बोल माया’ बजारमा (भिडियोसहित)

“
काठमाडौं, जेठ ४ ।
धन ल्याउछु भन्दै गएका थियौ उडेर आकाशमा
कस्तो भई गयौ, कस्तो भयौ आयौ काठैको बाकसमा
संगै जाम स्वर्ग भनेको भए मै जाने थिनर
जवाफ देउ प्यारा एक बचन बोल बोल्दैनौ किन र ?
स्वर्गको बाटो अप्ठेरो होला कसरि जाउलानि
एकमुठि पानि ख्वाउन नि पाईन तिर्खा पो लाउलानि
सति जाम भने यो निर्दोष सन्तान हुर्क्या छ पेटमा
पेटकोलाई संसार देखाएर आउचु पर्खे है गेटमा
बोल माया एक बचन बोल
तिम्रै बोलि छ मलाई अनमोल
यी यथार्थ र मार्मिक गीत ‘बोल माया’ मा समेटिएका शब्द हुन ।
नामले मात्रैपनि महत्व राख्ने बहुत चर्चित लोकदोहोरी गायक नारायण रायमाझी र अहिलेकी चर्चित एवं मिठाे आवाजकी धनी गायीका शान्ती श्री परियारको आवाजमा रहेको लोकप्रिय कलाकार प्रकाश सपुतको ‘बोल माया’ बजारमा आएको छ ।
सपुतकै शब्द, संगीत तथा निर्देशनमा तयार पारिएको उक्त गीत भिडियोसहित बजारमा आएको हो । युटुवमा सार्वजनिक हुनासाथ धेरैले मन पराएको बोल मायामा कामको लागि बिदेशीने युवा र त्यपछिको अवस्थलाई यथार्थ चित्रण गरिएको छ ।
धनको आसमा बिदेश गएका तर बाकसमा फर्किएका युवा र उनको परिवारको बिचल्लीत अवस्था यस गीतले छर्लङ पारेको छ । हेर्नेवित्तिकै मुटु काप्ने र आखाबाट आशु झर्ने यो गीतमा अन्जली अधिकारी र प्रकाश सपुतको जिवन्त अभिनय देख्न सकिन्छ । गीतमा कमल सौरागको म्युजिक एरेन्ज रहेको छ । मार्मिक रेर्कडिङमा स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सफmलताको हाम्रोपनि शुभकामना ।
https://www.youtube.com/watch?v=VrR4f5NHlDw&feature=youtu.be”








