एकीकृत पार्टीको विधान अनुमोदन, पार्टी विघटनका लागि दुई पार्टीको छुट्टाछुट्टै बैठक
२०७४ जेठ १५ गते

“
काठमाडौ, जेठ ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो ।
दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई पार्टीको छुट्टाछुट्टै केन्द्रिय समिति बैठक बसेको छ ।
एमालेको बैठक बालुवाटारमा र माओवादी बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको छ ।
दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बसेर बिहीबार नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भैरहेका छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








