युरोपा लिग फुटबलको उपाधि मड्रिडकाे पाेल्टामा

काठमाडौं, जेठ ३ । युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले हात पारेको छ  गएराति भएको खेलमा मार्सेललाई ३-० ले हराउँदै एथलेटिकोले तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो । यसअघि एथलेटिको सन् २०१० र २०१२ मा च्याम्पियन बनेको थियो ।

लियोनमा भएको फाइनलमा एथलेटिकोका एन्टोनी ग्रिजमनले दुई गोल गरे । खेलको २१ औं मिनेटमा गावीको पासमा गोल गर्दै एन्टोनीले एथलेटिकोलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एथलेटिकोले ४९औं मिनेटमा दोस्रो गोल गर्‍यो । यस पटक कोकेको पासमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गरे ।

८९औं मिनेटमा कोकेको पासमा गावीले गोल गरेपछि एथलेटिको मड्रिड च्याम्पियन बन्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *