बस पल्टिँदा २० भन्दा बढी घाइते

महोत्तरी, जेठ १ । महोत्तरीको जनकपुर जलेश्वर भिटामोड सडक खण्डमा बस दुर्घटना हुँदा २० भन्दा धेरै यात्रु घाइते भएका छन् ।

मंगलबार दिउँसो ज १ ख ७०१ नम्बरको बस सडकको बीचमै खनिएको नालामा पल्टेर दुर्घटना भएको हो ।

बसका चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जलेश्वर अस्पताल र जनकपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

जीर्ण सडक र क्षमता भन्दा बढी यात्रु भएको कारण बस दुर्घटना भएको बसमा सवार यात्रुहरुकले बताएका छन् ।

घाइतेमध्ये सहचालक महोत्तरी गाउँपालिका १ पर्साका असरफ राइनको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =