प्रदेशसभा सदस्य कुन्दन प्रसादमाथि पक्राउ पूर्जी जारी

रौतहट, जेठ १ । जिल्ला प्रहरी कार्यालय रौतहटले माओवादी केन्द्रका प्रदेशसभा सदस्य कुन्दन प्रसाद कुशवाहको नाममा पक्राउ पूर्जी जारी गरेको छ ।

कुशवाह रौतहटको क्षेत्र नम्बर ३ ‘ख’ को प्रदेशसभा सदस्यमा विजयी भएका थिए । विना इजाजत बन पैदावार ओसार पसार गरेको मुद्दामा तत्कालीन पुनरावेदन अदालत हेटौंडाले उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो ।

२०६९ असोज २ गते ट्रकमा चिरान काठ बरामद भएको थियो, जसका चालक ईन्द्र बहादुर मानन्धरले बयानमा काठ टहरियास्थित न्यू एभरेष्ट स मिलका कुन्दन प्रसाद कुशवाहको भएको बताएपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो ।

जिल्ला वन कार्यालयले चालकलाई दोषी ठहर गरी कुशवाहलाई सफाइ दिएको थियो ।

तर, तत्कालिन पुनरावेदन अदालत हेटौंडाले २५ साउन २०७२ मा कुशवाहलाई दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनायो । यो फैसलाविरुद्ध कुन्दनले केही दिन अघि मात्र सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दिएका छन् ।

पुनरावेदनमा गइसकेको अवस्थामा पक्राउ पूर्जी जारी हुनु दुखद भएको कुशवाहले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *